back
CTIZAN AD

हावाहुरीले मकैबालीमा क्षति पुर्याउँदा किसान चिन्तामा

वि.सं.२०८१ भदौ १३ बिहीवार

879 

shares

काँक्रेविहार (सुर्खेत) । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उनले उल्लेख गरे ।

बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ ।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे ।

 

वि.सं.२०८१ भदौ १३ बिहीवार १३:५७ मा प्रकाशित

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

विभिन्न पाँच समितिको बैठक बस्दै

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय  संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक...