back
CTIZAN AD

गतिशिल नेतृत्वको पर्खाईमा नेपालको पहिलो विद्यालय दरबार हाईस्कूल

वि.सं.२०८१ भदौ १३ बिहीवार

2.3K 

shares

काठमाडौं । नेपालको पहिलो विद्यालय भानु माध्यामिक विद्यालय (दरबार हाइस्कूल) अहिले गतिशिल नेतृत्वको पर्खाइमा रहेको छ । नेपालको शैक्षिक इतिहासमा जननी विद्यालयको रुपमा रहेको विद्यालय करिब पाँच वर्षदेखि नेतृत्वविहिन छ । बि.सं. २०७६ सालमा तत्कालिन प्रधानाध्यापक हेमचन्द्र महत्ताेले राजिनामा दिएपछि तत्कालिन व्यवस्थापनले वरियातामा एक नम्बरमा रहेका अखिलेस प्रसाद आजादलाई निमित्त प्रधानाध्यापक रुपमा नियुक्त गरेको थियो । तर, पछि पारिवारिक कारण देखाएर आजादले राजिनामा दिएपछि तत्कालिन गोपाल महर्जन अध्यक्ष रहेको गैर अभिभावकहरुको व्यवस्थापन समितिले शारदा कुमारी पौडेललाई निमित्त हेडमास्टरकोसमेत जिम्मेवारी दिएको थियो ।

तत्कालिन राष्ट्रिय पूननिर्माण प्राधिकरणका अनुसार २०७२ सालको भुकम्पले ध्वस्त भएको विद्यालय चिन सरकारको सहयोगमा कुल ८० करोड रुपैयाँको लागतमा पुननिर्माण भएको थियो । पुन निर्माणपछि सो विद्यालयलाई राजनीति गर्ने अखडाको रुपमा मात्र प्रयोग गर्ने गरिएको जानकारहरु बताउँछन् । विद्यालयको भौतिक अवस्थालाई हेरेर अभिभावकहरु मोहीत हुन्छन नै तर, आन्तरिक अवस्था बुझेपछि आफ्ना बच्चाहरु अन्यत्रै लैजान अभिभावकहरु उक्तिकै अग्रसर हुने गरेको स्वयम् अभिभावकहरु बताउँछन् ।

छैन विद्यालयको कुनै आफ्नो योजना ?

सहायक प्रध्यानाध्यापक रहेकी शारदा पौडेल विद्यालयको निमित्त प्रध्यानाध्यापकको भुमिकामा आएपछि विद्यालयको गुणस्तर झनै खस्किएको सरोकारवालको भनाई छ । गतवर्षको वैशाखमा भएको व्यवस्थापन समितिको गठनमा सदस्य चुनिएका अभिभावक शालिकग्राम भट्टले एक वर्षमा नै विद्यालयबाट बच्चाहरु निकालेर अन्यत्रै लगे । त्यसपछि उनले व्यवस्थापन समिति सदस्यबाट राजिनामासमेत दिए । राजिनामाको सन्दर्भमा उनले एक वर्षसम्म विद्यालयमा विद्यालय सुधारको कुनैपनि योजना पेश नभएको बताए । जबरजस्ति शुल्क उठाउने विषयवाहेक पौडेलले विद्यालयलाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने कुनैपनि योजना व्यवस्थापन समिति वैठकमा पेश नगरेको भट्टले बताए । योग्य शिक्षकहरु हुँदाहुँदै पनि शिक्षकहरुको उचित कार्यविभाजन र मुल्यङकन नहुँदा विद्यालयको शिकाई अस्त व्यवस्त भएको उनको भनाइ छ । त्यतिमात्र होइन आधारभूत तहमा विद्यार्थीहरुको उपलब्धि मूल्यङ्कन शुन्यप्रायः छ । किन यस्तो भएको भन्ने अभिभावको प्रस्नमा उनि अनुत्तरित हुने गरेको अभिभावकको आरोप छ । गत वर्ष विद्यालयको आफ्नो शैक्षिक योजना किन छैन ? भन्ने प्रस्न गर्दा ‘म हेडमास्टर हुने नहुने टुंगो छैन, मैले योजना बनाउँदा अर्को हेडमास्टर आयो भने उसले जस लिन्छ’ भनेर पौडेलले भनेको एक अभिभावकले बताए । पौडेलले त्यसो भनेपछि आफ्नो बच्चा अर्कै विद्यालयमा सारेको पनि ती अभिभावकले बताए । यो विषयमा जानकारी लिनका लागि पटकपटक फोन गर्दा पनि सहायक प्रध्यानाध्यापक पौडेलले फोन उठाइन् ।

को हुन शारदा पौडेल ?

शारदा पौडेलको स्थायी घर बर्दीया हो । हाल उनी कलंकिमा घर बनाएर परिवारसहित बसाई सरेकी छिन । वि.सं. २०७१ सालसम्म उनी बालुवाटारको महेन्द्र राष्ट्रिय माविको निमावि तहको शिक्षक थिइन । सोही सालको शिक्षक सेवा आयोगमा मावि तहको शिक्षकमा नाम निकालेकी पौडेललाई सो विद्यालयले हाजिर नै गराएन । उनका त्यतिवेलाका सहकर्मिहरुका अनुसार पौडेलले सो विद्यालयमा अध्यापन गराउँदा कुनै सहकर्मीहरुसँग पनि राम्रो सम्बन्ध थिएन । उनी जाहाँ गयो त्यहीं भाँडभैलो मच्चाउने चरित्र भएकी शिक्षक भएको त्यतिबेलाका जिल्ला शिक्षा कार्यालयका एक अधिकृतले संसार न्यूजलाई बताए । सेवा आयोगमा नाम निकालेर २०७१ साउन ४ गते नियुक्ति लिएपछि महेन्द्र राष्ट्रिय मा.वि.लगायत उनले चाहना गरेका काठमाडौंका चार पाँच वटा कुनै पनि विद्यालयले हाजिर नगराएपछि पौडेलले करिब छ महिना जिल्ला शिक्षा कार्यालय काठमाडौंमा हाजिर गरेको तत्कालिन जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

‘काठमाडौंको मुटु रानीपोखरीमा रहेको नेपालकै पहिलो स्कूल दरबार हाइस्कूलमा महानगरपालिकाले सिधै हस्तक्षेप गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । यो विद्यालय नेपालको पहिलो विद्यालय मात्र होईन, शिक्षाको एउटा धरोहर पनि हो । शिक्षाको धरोहरलाई बचाउने पहिलो दायीत्व महानगरको हो ।’

‘हाजिर त गरिन् तर उनले छ महिनासम्म तलबनै खान पाइनन्’ स्रोतले भन्यो । त्यो बेला शुशिल कोइरालको नेतृत्वमा सरकार थियो । जसको उप–प्रधानमन्त्री थिए तत्कालिन एमाले नेता वामदेब गौतम । प्रधानमन्त्री रहेका कोइराला विदेश भ्रमणमा रहेको वेला निमित्त प्रधानमन्त्री वामदेब गौतमको ठाडो निर्देशनमा पौडेल भानुमाध्यामिक विद्यालय(दरबार हाईस्कूल)मा हाजिर गरेकी थिइन् । उनलाई काठमाडौंका तत्कालिन सहायक जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिसवाले सहयोग गरेका थिए । जसबेला विद्यालयको प्रशासन असाध्यै कमजोर थियो ।

विद्यालय प्राङ्गणमा नै पटकपटक अभिभावकमाथि आक्रमण प्रयास पौडेल मौन

विद्यालय भित्र भएका सबै कुराको जस अपजस विद्यालयको आन्तरिक प्रशासनको प्रमुखको रुपमा जो छ उसैले लिनुपर्ने हो । तर, उनी आफै गुण्डा परिचालन गर्छिन् । करिब डेड वर्ष अगाडी विद्यालयमा छलफलको लागि बोलाएर गुण्डा प्रयोग गरि आक्रमणको प्रयास गरेको एक अभिभावकले बताए । त्यति मात्र होइन, अभिभावकबाट सहयोगको नाममा जबरजस्ति शुल्क उठाउन विल पठाउने, शुल्क नतिरेकोभन्दै वालबालिकाहरुलाई सरकारी पुस्तक रोक्न दुश्प्रयास गर्ने, दिवा खाजाको टोकन नै उपलब्ध नगराउने, अभिभावकलाई विद्यालय प्रवेशमा रोकलागाउने, कुटपिट गर्न लगाउने, विद्यालय सुधार गरौं भन्ने अभिभावकलाई सूचनाबाट वन्चित गर्ने, पोसाकको गैरकानुनी कोटेसन लगाउने लगायतका कार्यहरु पौडेलकै निर्देशनमा भैरहेको विद्यालयका शिक्षहरुले बताउने गरेका छन् । त्यतिमात्र होइन पौडेल आफैं निमित्त हुन उनले अख्तियारको दुरुपयोग गर्दै प्रधानाध्यापक लेख्ने गरेकी छन् भने उनले अरु दुईजनालाई सहायक नियुक्त गरेको पनि शिक्षकहरुले बताएका छन् । धेरै अभिभावकहरुले जानकारी मागेकोभन्दै पौडेल अहिले विद्यालयको तेस्रो तलामा अभिभावकले नदेख्ने ठाउँमा सरेको शिक्षकहरुले बताएका छन् ।

कहाँ खर्च हुन्छ अभिभावकबाट उठाएको रकम ?

अहिले विद्यालयको अम्दानी नभएकोभन्दै गैरकानुनी रुपमा अभिभावकबाट शुल्क उठाउने काम भैरहेको छ । महानगरले विद्यालयहरु सन्चालनमा कुनै समस्या नहुने, चाहिएको जति बजेट उपलब्ध गराउने बताईरहँदा विद्यालय सञ्चालनमा रकमको अभाव रहेकोभन्दै विद्यालयले जबरजस्ति शुल्क उठाइरहेको छ । तर, अभिभावकलाई खर्चहुने क्षेत्रहरु कहाँ कहाँ हो त्यो भने अहिलेसम्म दिईएको छैन । कतिपय अभिभावकले अभिभावकबाट उठाईएको रकमको दुरुपयोग भैरहेको बताएका छन् । विद्यार्थीको शिकाई उपलब्धि के हो ? कति विद्यार्थीले विद्यालय छोडे ? कति भित्रिए ? त्यसको तथ्याङ्क समेत विद्यालयसँग नभएको एक अभिभावकले बताए । सस्तो प्रचार गर्ने र अरुले नै आधार तयार गरिदिएका विद्यार्थीहरुको एसईईको आँकडा देखाएर पौडेलले व्यापार गर्न खोजेको ती अभिभावकले बताए ।

अघिल्ला आर्थिक वर्षहरुमा अभिभावकहरुबाट शुल्कको रुपमा कति पैसा उठाईयो ? र कति खर्च भयो ? भन्ने कुनै लेखा जोखानै छैन । आर्थिक वर्ष २०७८/७९ र ७९/८० मा कति रकमको ब्रम्हलुट भयो यसको त कुनै हिसाब किताब नै नभएको भट्टले बताए । भट्ट आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परिक्षण समितिको सदस्य थिए । सो समितिमा रहँदा विद्यालयले कुनैपनि हिसाब किताब प्रस्टसँग नदिएको उनकाे आराेप छ । त्यो बेला देखिको छानबिन गरेर विद्यालयमा आर्थिक अनियमितता गर्नेलाई सख्त कारबाही गर्नुपर्नेमा उनको जोड छ ।

एसईईमा करिब ८० विद्यार्थी पास भएकोमा कक्षा ११ मा ४० पनि भर्ना नभएको तथा स्वयम् पिटिए अध्यक्षलेसमेत विद्यालयमा कक्षा ११ मा आफ्नो बच्चा भर्ना नगरेकोभन्दै एक शिक्षकले चिन्ता व्यक्त गरे ।

महानगरले हस्तक्षेप गर्नुपर्ने सरोकारवालाहरुको भनाई

काठमाडौंको मुटु रानीपोखरीमा रहेको नेपालकै पहिलो स्कूल दरबार हाइस्कूलमा महानगरपालिकाले सिधै हस्तक्षेप गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । यो विद्यालय नेपालको पहिलो विद्यालय मात्र होईन, शिक्षाको एउटा धरोहर पनि हो । शिक्षाको धरोहरलाई बचाउने पहिलो दायीत्व महानगरको हो । जुन उसको संबैधानिक अधिकार पनि हो । विद्यालय बचाउन र सयौं विद्यार्थीहरुको भावनामा चोट पर्न नदिन महानगरले पहल गर्नुपर्ने पनि सरोकारवालाहरुको भनाइ छ ।

 

वि.सं.२०८१ भदौ १३ बिहीवार १७:१८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...