back
CTIZAN AD

तल्लो अरुण आयोजनाबाट दुई सय ६८ परिवार प्रभावित हुने

वि.सं.२०८१ भदौ १६ आइतवार

681 

shares

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने ।

प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।रासस

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:०८ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...