back
CTIZAN AD

नियमविपरीत सञ्चालन भएका औषधि पसल कारबाहीमा 

वि.सं.२०८१ भदौ १६ आइतवार

750 

shares

नवलपरासी । पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए । फार्मेसी सञ्चालक उपस्थित नभई औषधि बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई रु १० हजार जरिवाना गरिएको छ ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

यसअघि दर्ताबिना सञ्चालन गरिएको उक्त पसललाई अनुगमन टोलीले सिल गरेको थियो । ती दुवै पसललाई सात दिनभित्र आवश्यक कागजपत्र लिएर जिल्ला प्रशासनमा जान निर्देशन दिइएको र कागजपत्र बुझाउन नसके पसल सिल गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिए । अनुगमनका क्रममा केही पसलले खरिद बिक्री खाता र बिल काट्ने गरेको नपाइएकाले त्यसलाई नियमित गर्न चेतावनी दिइएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए ।

जिल्ला औषधि व्यवसायी सङ्घका अनुसार जिल्लामा दुई सय १० औषधि पसल रहेकामा ६० विनादर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक सय ५० औषधि पसल औषधि विभागमा दर्ता भएर सञ्चालनमा छन् ।

वि.सं.२०८१ भदौ १६ आइतवार ११:२८ मा प्रकाशित

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...