back
CTIZAN AD

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन असोजमा हुने

वि.सं.२०८१ भदौ १६ आइतवार

948 

shares

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन असोज ३ देखि ५ सम्म हुने भएको छ । असोज ३ मा काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहितको प्रारम्भिक सत्र तथा ४ र ५ मा भक्तपुरको बोडेमा बन्दसत्र गर्न लागिएको पार्टीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पार्टी कार्यकर्ता, शुभचिन्तक र नेपाली श्रमजीवी जनताको अथक परिश्रम, दृढ संकल्प र क्रान्तिकारी जोसको परिणामस्वरुप पार्टीले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको पार्टीका नेता धनकुमारी सुनारले जानकारी दिइन् ।
सम्मेलनमा ७७ वटै जिल्लाका प्रतिनिधिको उपस्थिति रहने र सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व रहने उनको भनाइ छ ।

राष्ट्रिय सम्मेलनले विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं सङ्गठनात्मक रणनीति विकास गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । हाल विश्वभक्त दुलाल ‘आहुति’ यो पार्टीको नेतृत्व गरेकाअ छन् ।

वि.सं.२०८१ भदौ १६ आइतवार ११:४६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...