back
CTIZAN AD

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

वि.सं.२०८१ भदौ १६ आइतवार

882 

shares

काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । उसले आयोजना गर्न लागेको प्रतियोगिता पांचौ संस्करण हो । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले आयोजना गर्न लागेको प्रतियोगिता आइतबारदेखि तीन दिनसम्म संचालन हुने जनाईएको छ । प्रतियोगिता बालुवाटारस्थित ढुकु स्पोर्टस् हबमा हुन लागेको हो ।

सन् २०१८ देखि निरन्तर संंचालन भैरहेको ब्रिटिस कपको यस संस्करणमा १९ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । लिगकम नकआउट संरचनामा हुने प्रतियोगिताको समूह ‘ए’मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज रहेका छन् । समूह ‘बी’मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज रहेका छन् ।

त्यस्तै, समूह ‘सी’मा सफ्ट्वेरिका कलेज, सिल्भर माउन्टेन कलेज, इन्साइट भिजन कलेज, हेराल्ड कलेज र प्राइम कलेज रहेका छन् । समूह ‘डी’मा भेदास कलेज, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर कलेज रहेका रहेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइन जनाइएको छ ।

‘प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टस्म्यानसिपलाई प्रोत्साहित गर्नु हो,’ प्रतियोगिता सम्बन्धमा ब्रिटिस कलेजका मार्केटिङ प्रमुख, अमरदीप मण्डलले भने ‘हामीले प्रतियोगितालाई अझै परिस्कृत गर्दै लगेका छौं ।’

वि.सं.२०८१ भदौ १६ आइतवार १२:५१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...