back
CTIZAN AD

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

वि.सं.२०८१ भदौ १६ आइतवार

1.6K 

shares

जुम्ला । जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । चिकित्सक डा सन्दुक रुइतको उपस्थितिमा आँखा शिविर सञ्चालन हुन लागेको हो ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभाग र तिलगङ्गा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा पुजन रोकायाले जानकारी दिए ।

यही भदौ १६ गते पातारासीको डिल्लीचौर स्वास्थ्यचौकी, १७ गते गुठीचौरको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ गते तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्यचौकी लामाबगर र भदौ २० गते सिंजाको नराकोट स्वास्थ्यचौकीमा आँखा शिविर सञ्चालन हुने भएको छ ।

शिविरबाट छनोट भएका आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया आँखा चिकित्सक डा सन्दुक रुइतबाट प्रतिष्ठानमा गरिने अस्पतालका निर्देशक डा रोकायाले बताए । प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने प्रतिष्ठानका आँखा विभाग प्रमुख डा विश्व तिमिल्सिनाको भनाइ छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार १२:४७ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...