back
CTIZAN AD

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

वि.सं.२०८१ भदौ १६ आइतवार

1.3K 

shares

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्नभन्दै ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)’ आयोजना हुने भएको छ । कार्यक्रम बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको हो ।

सन् १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा यहि भाद्र २९ गते इन्फा अवार्ड आयोजना हुने बताइएको छ ।

गत वर्षको अप्रिल १४ देखि यो वर्षको जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सुचि तयार पारिएको आयोजकले जनाएको छ ।

अवार्डको जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभरेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरे पश्चात उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले बताएको छ । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशिष राज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा रहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका पनि आयोजकले जनाएको छ ।

उत्कृष्ट मनोनयन मनोनयनहरु

१. उत्कृष्ट फिल्म
– जरी – बासुरी फिल्मस्
– दिमाग खराब – सिनेमा आर्टस् / ब्ल्याक हर्स फिक्चर्स
– प्रसाद २ – उस.जी.फिल्मस् /सुलभ थापा प्रोड्क्सन
– पर्की फर्की – रोहित अधिकारी फिल्मस्
– गाँउ आएको बाटो–मनच्याएम पिक्चर्स / बासुरी फिल्मस्

२. उत्कृष्ट निर्देशक
– जरी – उपेन्द्र सुब्बा
– दिमाग खराब – निश्चल बस्नेत
– प्रसाद २ – सुदर्शन थापा
– फर्की फर्की – सुयोग गुरुङ
– गाँउ आएको बाटो – नविन सुब्बा

३. उत्कृष्ट अभिनेता
– दिमाग खराब – खगेन्द्र लामिछाने
– प्रसाद २ – बिपिन कार्की
– पर्की फर्की – अनमोल केसी
– गाँउ आएको बाटो – दयाहाङ राई
– पुजार सार्की – प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री
– प्रसाद २ – केकी अधिकारी
– फर्की फर्की – जसिता गुरुङ
– गाँउ आएको बाटो – पशुपति राई
– जारी – मिरुना मगर
– परस्त्री – शिल्पा माश्के

५. उत्कृष्ट कथा/पटकथा
– प्रसाद २ – शुशिल पौडेल
– दिमाग खराब – आकाश बराल
– जारी – उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक
– प्रसाद २ – मिलन श्रेष्ठ
– दिमाग खराब – क्वान पुन लेउन
– फर्की फर्की – सुरेन्द्र पौडेल

७. उत्कृष्ट छाँयाकार
– प्रसाद २ – राजेश श्रेष्ठ
– फर्की फकी – नरेन्द्र मैनाली
– जारी – शैलेन्द्र डि कार्की

८. उत्कृष्ट संगीतकार
– नांगो गाउँ – शुशान्त गौतम (सुन सुन सुन्दरी)
– बोक्सीको घर – प्रकाश सपुत (बुझिन मैले)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)

९. उत्कृष्ट पाश्र्वगायक
– नांगो गाउँ – एस.डी. योगी (सुन सुन सुन्दरी)
– पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)

१०. उत्कृष्ट पाश्र्वगायिका
– नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)
– पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)
– बोक्सीको घर – समिक्षा अधिकारी (बुझिन मैले)

११. उत्कृष्ट नृत्य निर्देशक
– नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)
– पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)
– फर्की फर्की – किरण थापा ( फर्की फकी)

१२. उत्कृष्ट खलपात्र
– प्रसाद २ – अर्पण थापा
– अगस्त्य – प्रमोद अग्रहरी
– ऐचौं पैचोें – कोशिश क्षेत्री

१३. पप्पुलर अभिनेता
१४.  पप्पुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाईफटाईम एचिभमेन्ट अवार्ड

 

वि.सं.२०८१ भदौ १६ आइतवार १४:४८ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...