back
CTIZAN AD

महिला उद्यमीका सामग्री तीज मेलामा प्रवर्द्धन

वि.सं.२०८१ भदौ १६ आइतवार

894 

shares

राँझा (बाँके) । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताइन् ।

“प्रचारप्रसारको अभावमा कैयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्”, श्रेष्ठले भनिन्, “यो तीज मेलाले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्नुका साथै महिला उद्यमीमा उत्साह थपेको छ ।”

मेलामा निःशुल्क प्रवेश तथा अवोलकन, तीज विशेष हस्तकला, बुटिक र मेहेन्दीका स्टल, पाल्पाको चर्चित बटुक तथा चुकाउनीसहित अन्य स्थानीय परिकार राखिएको छ । तीजको अवसरमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गरेर महिला उद्यमीमा उत्साह थप्ने उद्देश्यका साथ तीज मेला आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर केसीले बताए ।

उद्यमशील महिलालाई प्रेरित गर्न, तीज गीतको माध्यमबाट महिलालाई उद्यमी बन्न सन्देश दिन र तीव पर्वको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीनदिने मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

मेलामा २० वटा प्रदर्शनी कक्षमध्ये १४ वटामा महिला उद्यमीले उत्पादन गरेका उत्पादन राखिएका छन् । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार र प्रवर्द्धन गर्दै महिला उद्यमीबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना गरी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको केसीले बताए ।

दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा मनोरञ्जनात्मक, सांस्कृतिक नृत्य तथा गीत सङ्गीत प्रस्तुत हुने गरेको कार्यक्रम संयोजक केसीले बताए । बाँकेमा विगत १८ वर्षदेखि महिला उद्यमी सङ्घका नाममा महिला उद्यमी सङ्गठित हुँदै आएका छन् ।

वि.सं.२०८१ भदौ १६ आइतवार १४:५२ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...