back
CTIZAN AD

गण्डकी प्रदेशमा एमालेका चार मन्त्रीको शपथ आज

वि.सं.२०८१ भदौ १७ सोमवार

651 

shares

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेलेबाट मन्त्री बन्न लागेका चार मन्त्रीले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

एमालेले कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, बागलुङका कृष्ण पाठक र नवलपुरकी पद्मा जिसीलाई मन्त्री बनान लागेकाो छ । उनीहरुको आजै दिउँसो १ बजे शपथ ग्रहणको तयारी छ ।

गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ । पाठक र केसी खगराज निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा निकट मानिन्छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि नौ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । गठबन्धनमा सहमति अनुसार गण्डकीमा नौ मन्त्रालयमध्ये चार मन्त्रालय एमालेको भागमा परेको छ ।

कांग्रेसको भागमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय परेको छ । यद्यपी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई संकटमा साथ दिने फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राख्ने तयारी गरेका छन् ।

वि.सं.२०८१ भदौ १७ सोमवार ११:३८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...