back
CTIZAN AD

ज्येष्ठ नागरिकलाई जिल्ला प्रशासनमा द्रुत सेवा

वि.सं.२०८१ भदौ १७ सोमवार

648 

shares

कास्की । कास्की जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ । कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्नेगरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताए ।

स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । “हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नारिकले लाइनमा नबसिकन नै सेवा पाउनुहुनेछ”, पाण्डेले भने ।

जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्रामकक्ष स्थापना गर्ने कार्यको अनुशरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गरे । ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गरे ।

उनले भने, “ज्येष्ठ नागरिक तथा आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयले समेत अनुशरण गर्नुपर्दछ ।” नागरिकलाई विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।

 

वि.सं.२०८१ भदौ १७ सोमवार ११:५८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...