back
CTIZAN AD

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

वि.सं.२०८१ भदौ २१ शुक्रवार

687 

shares

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ ।

सो कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिए ।

उक्त अवधिमा कार्यालयले व्यावसायिक कारोवार गर्न चार सय ४५ जना व्यवसायीलाई नयाँ नापतौलसम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, एक सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा चार सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिए ।

कार्यालयले सो अवधिमा एक सय १६ बेलिब्रिजको जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) चार सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या) एक सय नौ वटा भएको सूचना अधिकारी साहले बताए ।

उक्त कारवाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नविकरण बापत् कार्यालयले रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा सो कार्यालयको वित्तिय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ ।रासस

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३६ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...