back
CTIZAN AD

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

वि.सं.२०८१ भदौ २२ शनिवार

1.2K 

shares

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ । सो पुरस्कार २०८२ को २२ औं निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शङ्करबहादुर केसी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागार्ईं, कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ ।

त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्र्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका अनुसार, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरुत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेललाई प्रदान गरिनेछ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौँमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत शतलसिंह उखेडा, उच्च अदालत तुलसीपुरमा कार्यरत इजलाश अधिकृत कृष्णप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत खाद्य अनुसन्धान अधिकृत सुशिला सिंह, जिल्ला सहकारी वकिल कार्यालय हुम्लामा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता शिलुकमा लिंथेप, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत शाखा अधिकृत उदयप्रकाश लिम्बू, महालेखा परीक्षकको कार्यालय अनामनगरमा कार्यरत लेखापरीक्षण अधिकारी कृष्णबहादुर खत्रीलाई पनि उक्त पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिनियर अनमी (छैटौंँ) राममाया गुरुङ, सङ्घीय संसद् सचिवालय सिंहदरबारमा कार्यरत सिनियर अहेव (छैटौँ) पुष्पराज रिजाल र राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवनमा कार्यरत नायब सुब्बा रोशनी नेपाललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टङ्गालमा कार्यरत नायब सुब्बा राजेद्रप्रसाद ढुङ्गाना, राष्ट्रपति कार्यालयमा कार्यरत नायब सुब्बा प्रतिभा काफ्ले, जिल्ला निर्वाचन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर गणपैत यादव, हुम्ला जिल्ला अदालतमा कार्यरत नायब सुब्बा छत्तबहादुर बोगटी, कैलाली जिल्ला अदालतमा कार्यरत डिट्ठा हिरालाल सुनार, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा कार्यरत हल्का सवारी चालक मानबहादुर दराई, अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी जनक महत र सडक विभाग काठमाडौँमा कार्यरत कार्यालय सहयोगी टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

 

वि.सं.२०८१ भदौ २२ शनिवार १४:४१ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...