back
CTIZAN AD

युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन रहेको प्रधानमन्त्री मेलोनीको भनाई

वि.सं.२०८१ भदौ २३ आइतवार

741 

shares
सेर्नोबियो (इटाली) ।  इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तापछि युक्रेनका लागि आफ्नो दृढ समर्थन रहेको बताए ।
“हामीले युक्रेनसँगको समर्थन त्याग्नु हुँदैन”, उत्तरी इटालीको सेर्नोबियोमा आयोजित आर्थिक फोरमको बैठकपछि रुससँगको युद्ध अन्त्य गर्ने प्रयास र पुनर्निर्माणको सनदर्भमा मेलोनीले भने ।
जर्मनीको ‘रामस्टेन एयरबेस’मा आयोजित सम्मेलनमा थप हतियार सहयोगका लागि आह्वान गरेको केही घण्टापछि राष्ट्रपति जेलेन्स्कीले शुक्रबार युरोपेली ‘हाउस–एम्ब्रोसेट्टी’ फोरमलाई सम्बोधन गरेका थिए ।  जहाँ वासिङ्टनले २५  करोड डलरको नयाँ सैन्य सहायतामा प्रदान गर्ने घोषणा गरेको थियो ।
यस वर्ष जी–७ को अध्यक्षता गर्ने मेलोनीको सरकार सन् २०२२ फेब्रअरीमा रूसी सेनाले आक्रमण गरेदेखि युक्रेनको सबैभन्दा बलियो समर्थकहरू मध्ये एक हो । तर मस्कोसँग न्यानो सम्बन्ध रहेका उनको गठबन्धन सरकारका केही सदस्य यो समर्थनबाट कम उत्साहित छन् ।
रोमले कियभलाई रुस आक्रमणमा प्रयोग गर्न नपाइने र युक्रेनी इलाकामा मात्र प्रयोग गर्नुपर्ने शर्तमा हतियार सहयोग गर्दै आएको छ ।
शनिबार फोरमलाई सम्बोधन गर्दै मेलोनीले युक्रेनका लागि इटालीको समर्थन “अत्यन्त गम्भीर, दृढ र स्पष्ट” रहेको बताए । उनले युद्धबाट डराएका र चिन्तित इटालीका जनतालाई रूसी प्रचारको जालमा नपर्न आग्रह गरे । एएफपी

वि.सं.२०८१ भदौ २३ आइतवार ०८:४१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...