back

डेङ्गी सङक्रमण बढ्दा अस्पतालमा शय्या अभाव

वि.सं.२०८१ भदौ २८ शुक्रवार

447 

shares

पर्वत । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै पर्वत अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

नौवटा एम्बुलेन्स थन्किए

यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् ।

विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।

 

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:३६ मा प्रकाशित

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि...

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको...

यौन सम्पर्कमा महिलालाई कसरी चरम सन्तुष्टि दिने ?

यौन सम्पर्कमा महिलालाई कसरी चरम सन्तुष्टि दिने ?

भनिन्छ, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन–जीवनले...

१२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना विधवा

१२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना विधवा

ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा १२ प्रतिशत घरपरिवारमा कम्तीमा...

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई...

आज विश्व एड्स दिवस : सङ्क्रमित भन्छन्,“नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”

आज विश्व एड्स दिवस : सङ्क्रमित भन्छन्,“नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”

बुनु थारु/काठमाडौं । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका...