back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ भदौ २९ शनिवार

2.1K 

shares

निर्मलरमण पराजुली, सामाखुशी, काठमाडौं

१.
बाल युवा हुँदै यो जीबन, सत्तरी बर्ष कटेपछी
हात खुट्टाले साथ छोड्छ, बाँच्ने उमेर घटेपछी
छोराछोरी कसैको अपमान, हेला सहनु पर्ने छैन
सम्पत्ती आफ्नै नाउँमा राखी, मियो बनी डटेपछी

२.
नौ महिना गर्भमा राखी, सन्तानलाई पाल्दा आमा
सङ्क्रमित भै कोरोनाले, तिमीलाई ढाल्दा आमा
आज तिनै सन्तानले, छी छी दुर्दुर गर्दा लाग्छ
हृदय कति फाट्यो होला, आँसुले पीडा गाल्दा आमा

३.
साहित्य सेवा शब्द , भावको पूजा गरेर हुन्छ
अमर अजर रचनाले, साहित्य भण्डार भरेर हुन्छ
अध्यक्ष हुँदैमा माला, भिर्दैमा साहित्य सेवा हुँदैन
मन वचन कर्मले, शब्दको सुगन्ध छरेर हुन्छ

४.
सोह्र बर्ष पुगे छोरो, पनि साथी हुन्छ
असल संस्कारले ऊ, सधैँ माथी हुन्छ
उसको असल कर्मले, बाबु भनेर चिनिँदा
पहिला गर्वले फुल्ने, मेरो यो छाती हुन्छ

५.
त्यो सहर की मान्छे तिमी, गाउँमा मायाँ लाउँदाखेरि
गाह्रो होला सहर छोडी, दुर्गम गाउँमा आउँदाखेरि
प्रेम गरेजस्तै सहज, कहाँ हुन्छ जीवन जिउन
कसो गर्नु रोयौ भने, मेला पातमा धाउँदाखेरि

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:१९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...