back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ २९ शनिवार

1.5K 

shares

कपिल किशोर घिमिरे, दाङ
डुबे सदैव शोकमा मसानझैँ छ जिन्दगी
लिए सुमार्ग धर्मको बिहानझैँ छ जिन्दगी

नमान लाज प्रेममा खुलेर साथ बस्नु छ
मिलेर साथमा बसे बगानझैँ छ जिन्दगी

बेकार छन् कुमार्ग सब गरौँ सुकाम प्रेमले
भए इमान स्वर्गको उडानझैँ छ जिन्दगी

बिछोडमा छ दर्द खुब हराएको छ निँद मेरो
सँगै बसे पो हर्षको मुहानझैँ छ जिन्दगी

नलाग स्वार्थमा सधैँ लिई गइन्न धन् सँगै
डुबे सदैव स्वार्थमा तुफानझैँ छ जिन्दगी

बहर : हजज मुसम्मन सालिम
अर्कान : मफाइलुन् मफाइलुन् मफाइलुन् मफाइलुन्
वजन : १२१२ १२१२ १२१२ १२१२
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:२१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...