उत्तम कुमार पोखरेल
सिरहा हाल सूर्य विनायक भक्तपुर
पोख्दै छु आज दिलको,सुन भाब आमा
पन्छी भई गगनमा, घुम आज आमा
छाया भई भुवनमा,कति जीव बस्छन्
देख्दैन नेत्र किन हो,कति साथ बस्छन् ।।
देवी र देव जतिछन्, हिमशैल माथि
छाया छ एक रुप नै, रवि जो छ साथी
माया सधैं हृदयमा, अति नै छ बाबा
भेटौँ म आज कसरी, भन लौन आमा।।
मामा र दाइ बहिनी, सब साथ होलान्
कस्तो छ देव महल नै,कति बन्धु होलान्
आऊँ सदा हृदयमा, बस राज गर्दै
भर्नू सधैं नयनमा, बस तेज छर्दै।।
पापी बढे सहरमा, मनको छ घाती
पीडा छ यो शरिरमा, मुटु दुख्छ राती
पानी बिना अब यहाँ, किन मीन बाँच्ला
लुट्दै सकेँ सहर नै, भनि दुष्ट नाच्ला।।
यस्तै छ रीत उनको, कुन बार बेला
छोड्ने छ जीव तन यो, अनि बुझ्छ होला
बुझ्दैन वृद्ध तनले,बस राज छोडी
आनन्द साथ बस है, अब हात जोडी ।।
छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
गण सङ्केत: SSl Sll lSl lSl S S
वि.सं.२०८१ भदौ २९ शनिवार ०५:१६ मा प्रकाशित