back
CTIZAN AD

कविता :  बस हात जोडी

वि.सं.२०८१ भदौ २९ शनिवार

1.3K 

shares

उत्तम कुमार पोखरेल
सिरहा हाल सूर्य विनायक भक्तपुर

पोख्दै छु आज दिलको,सुन भाब आमा
पन्छी भई गगनमा, घुम आज आमा
छाया भई भुवनमा,कति जीव बस्छन्
देख्दैन नेत्र किन हो,कति साथ बस्छन् ।।

देवी र देव जतिछन्, हिमशैल माथि
छाया छ एक रुप नै, रवि जो छ साथी
माया सधैं हृदयमा, अति नै छ बाबा
भेटौँ म आज कसरी, भन लौन आमा।।

मामा र दाइ बहिनी, सब साथ होलान्
कस्तो छ देव महल नै,कति बन्धु होलान्
आऊँ सदा हृदयमा, बस राज गर्दै
भर्नू सधैं नयनमा, बस तेज छर्दै।।

पापी बढे सहरमा, मनको छ घाती
पीडा छ यो शरिरमा, मुटु दुख्छ राती
पानी बिना अब यहाँ, किन मीन बाँच्ला
लुट्दै सकेँ सहर नै, भनि दुष्ट नाच्ला।।

यस्तै छ रीत उनको, कुन बार बेला
छोड्ने छ जीव तन यो, अनि बुझ्छ होला
बुझ्दैन वृद्ध तनले,बस राज छोडी
आनन्द साथ बस है, अब हात जोडी ।।

छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
गण सङ्केत: SSl Sll lSl lSl S S

 

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:१६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...