back
CTIZAN AD

संसदमा प्रधानमन्त्रीले बोल्दा माओवादीले अवरोध नगर्ने

वि.सं.२०८१ भदौ ३१ सोमवार

774 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसद बैठक अवरोध नगर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएपछि माओवादीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको हो ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर, आजको संसद् बैठकमा भने प्रधानमन्त्रीलाई बोल्न दिने भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । उनले पहिला आफ्ना कुरा राख्ने अत्यसपछि प्रधानमन्त्रीलाई बोल्न दिने बताए ।

संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा राष्ट्पतिले संसद बैठक बोलाउने तथा बन्द गर्ने व्यवस्था रहेको छ ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...