back
CTIZAN AD

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने : मन्त्री पौडेल

वि.सं.२०८१ असोज ४ शुक्रवार

732 

shares

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, “सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ ।”

मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।

स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उनले जनाए । मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।”

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए । उनले भने, “हाम्रो प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भए लगत्तै पाँच लाखको बीमा कार्यान्वयन हुन्छ ।”

वि.सं.२०८१ असोज ४ शुक्रवार १२:५६ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...