back
CTIZAN AD

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

वि.सं.२०८१ असोज ६ आइतवार

2.2K 

shares

गल्याङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।
स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताउनुभयो । चालीस जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् ।

स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिनुभयो । “विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्”, उनले भनिन्, “बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार पाँच सय भाडा तिर्नुपर्छ । एक परिवारले पाँच वटा सम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।”

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताउनुभयो । “यहाँ धार्नीलाई रु नौ सय छ । गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्”, उनले भनिन् ।

कृषि र पशुपालनमा साढे तीन करोड बजेट

कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य छ संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको रु दुई करोड ४५ लाख र हेफरको रु एक करोड पाँच लाखमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताए ।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो । “हालसम्म एक सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीनवटा नमूना खोर निर्माण गरेका छौँ । दुई सय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, विश्वकर्माले भने ।

यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि रु सात लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।

वि.सं.२०८१ असोज ६ आइतवार ११:०९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...