back
CTIZAN AD

बलात्कार र लुटपाटमा संलग्न युवा किरिया बसिरहेकै अवस्थामा पक्राउ

वि.सं.२०८१ असोज ७ सोमवार

750 

shares

काठमाडौँ । डोटीमा आमाको किरियामा बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका-६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन ।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ। घटनापछि रैकाल फरार भएका थिए। शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन् ।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो । ‘हिजो राति जिल्ला सदरमुकाम पुर्याएका छौँ। आज म्याद थपका लागि अदालत पेश गरिन्छ,’ डीएसपी भट्टराईले भने, ‘आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान हुनेछ ।’

वि.सं.२०८१ असोज ७ सोमवार ११:४६ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...