back
CTIZAN AD

टेलिफोन सेवा सञ्चालन गर्न विद्युत् जडान सुरु

वि.सं.२०८१ असोज ७ सोमवार

1.3K 

shares

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ ।

विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पु¥याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ । सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए । ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।

उक्त स्थानमा रहेको टावरले नाम्खाका तीनवटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका-१, २, ३ र सिमकोट गाउँपालिका-७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन् । घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।रासस

 

वि.सं.२०८१ असोज ७ सोमवार ११:२३ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...