काठमाडौँ । इलामको सन्दुकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दुकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीय फूलकुमारीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्यापश्चात् उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०-७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा झुन्डिएको अवस्थामा भेटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दुवै जनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्िरहरीले जनाएको छ ।
वि.सं.२०८१ असोज ८ मंगलवार ११:१० मा प्रकाशित






























