back
CTIZAN AD

ट्युनिसियामा १३ आप्रवासी मृत  भेटिए : अधिकारी 

वि.सं.२०८१ असोज १० बिहीवार

726 

shares
ट्युनिस ।  ट्युनिसियाको पूर्वी तटमा १३ जना उप–सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको न्यायिक अधिकारीले बुधबार बताएका छन् ।
मङ्गलबार र बुधबार देशको तटीय सहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले बताए ।
उनले अनुसन्धान सुरु गरिएको तर थप विवरण प्राप्त नभएको बताए ।
ट्युनिसिया र छिमेकी देश लिबिया युरोपमा राम्रो जीवन प्राप्त गर्ने आशामा अन्य देशबाट आएका आप्रवासीहरूको खतरनाक भूमध्यसागरको जोखिमपूर्ण यात्राको प्रमुख प्रस्थान बिन्दु बनेका छन् ।
ट्युनिसियाको तटबाट जनवरी १ देखि कम्तिमा एक सय ३ अस्थायी डुङ्गाहरू पल्टिएका छन् र ३ सय ४१ शवहरू बरामद गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।
ट्युनिसियाली एफटिडिइएस’ अधिकार समूहका अनुसार गत वर्ष उत्तर अफ्रिकी देशमा जहाज दुर्घटना हुँदा १३ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले गत दशकमा भूमध्यसागरमा ३० हजार तीन सय ९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ, जसमा गत वर्ष तीन हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । (एएफपी)

वि.सं.२०८१ असोज १० बिहीवार ०८:३२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...