back
CTIZAN AD

ब्रिक्स सम्मेलनमा अफगानीस्तान सहभागी हुन उत्सुक रहेको  तालिबान सरकारको भनाई 

वि.सं.२०८१ असोज १० बिहीवार

1K 

shares
काबुल । अफगानिस्तानको तालिबान सरकार ब्रिक्स आर्थिक सम्मेलनमा सहभागी हुन उत्सुक रहेको मङ्गलबार सरकारको एक प्रवक्ताले बताएका छन् ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२–२४ मा रुसको दक्षिणपश्चिमी सहर कजानमा हुनेछ ।
“विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएका ब्रिक्ससँग सम्बन्धित देशसँग हाल हाम्रो राम्रो आर्थिक र व्यावसायिक सम्बन्ध छ । हामी हाम्रो सम्बन्ध थप विस्तार गर्न र ब्रिक्सको आर्थिक सम्मेलनमा भाग लिन उत्सुक छौं”, सरकारका उप प्रवक्ता हमदुल्ला फितरातले भने ।
तालिबान अधिकारीहरूलाई कुनै पनि देशले आधिकारिक रूपमा मान्यता दिएको छैन तर चीन र रुसलगायत संस्थापक ब्रिक्स राष्ट्रहरूसँग भने यसको सम्बन्ध बढ्दै गएको छ ।
हालै इरान, संयुक्त अरब इमिरेट्स, इजिप्ट र इथियोपियालाई समावेश गरेर विस्तार गरेको सङ्गठनले तालिबान सरकारको टिप्पणीमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन ।
मस्को र बेइजिङ दुवैले अफगानिस्तानमा व्यावसायिक परियोजनामा लगानी गर्न र इस्लामिक स्टेट समूहको अफगानिस्तान शाखा ‘इस्लामिक स्टेट खोरासन’ विरुद्धको लडाइँमा तालिबान अधिकारीलाई सहयोग गर्न आफु तयार रहेको बताएका छन् । एएफपी

वि.सं.२०८१ असोज १० बिहीवार ०८:२९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...