back
CTIZAN AD

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

वि.सं.२०८१ असोज १० बिहीवार

9.1K 

shares

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) २३ औं राष्ट्रिय सम्मेलनको चरणमा छ । यो पंक्तिकार २०४१ मा अखिलको जिल्ला सदस्य, ०४२ मा सचिव, ०४३ मा पर्वत जिल्ला संयोजक र २०४६ मा सम्पर्क विभागको सचिवसम्म काम गरेर त्यसबाट बिदा लिए पनि भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खडका र देवेन्द्र पराजुलीसम्म आइपुग्दा यसको सहयोगी रहने अवसर मिलीरह्यो । त्यस भावनाका कारण पनि सम्मेलन चलिरहँदा केहि टिप्पणी गरेको छु ।
मैले अखिललाई बुझदा त्रान्तिकारी सचेतकहरु जन्माउने प्रारम्भिक कारखाना मानिएको थियो । खासगरी अखिल एउटा आन्दोलनको पर्याय बनेको थियो । त्यसमाथि क्रान्तिको चिन्ता लिने, तयारी गर्ने र मैदानमा उत्रने राजनैतिक शक्ति नजिक भएकाले अखिलको आवरणमा कतिपय जोखिमयुक्त काम पनि गर्नुपर्ने हुन्थ्यो । जहाँ अखिल हुन्थ्यो, त्यहाँ जनसेवा हुन्थ्यो, त्यहाँ सामाजिक न्यायका लागि छिनाझपटी चल्थ्यो । वास्तवमा अखिल अपिल नै हुने भएकाले ‘जहाँ अखिल त्यहाँ अपिल’ भनिन्थ्यो । संगीन, सुसाई, हँुकार, योद्धा, गर्जन जस्ता विविधता अनुसारका प्रकाशनमा क्रान्तिकारी विचार र सभ्यता सम्पेषण हुने गर्दथे । विचारले मानिसलाई नियन्त्रणमा लिएको हुन्थ्यो । आचरण र आनिबानीलाई संहिताले निर्देशित गर्दथ्यो । अभिभावकले पढाईलाई दिएको खर्चबाटै वा काम गरेर आएको पैसाको निश्चित प्रतिशत मिसाएर संगठन धान्नु पर्दथ्यो ।

खासगरी २०४६ को खुलापछि नेविसंघ र एमाले अखिलमा भित्रिएको चन्दाधन्दाले विद्यार्थी आन्दोलनको छवि धुमिल बनाउने काम भयो । अर्कातिर जनयुद्धको योजनालाई सघाउने गरी अखिल क्रान्तिकारीले वैधानिक र अवैधानिक दुवै जिम्मेवारी बहनमा पुग्यो । फलस्वरुप कृष्णध्वज खड्का, देवेन्द्र पौडेल, रामप्रसाद बन्जाडे सहित यो पंक्तिकार लगायतको पनि २०५४ मै जेलको यात्रा शुरु भयो । पछि लेखनाथ न्यौपाने तथा हिमाल शर्मा, कृष्ण केसी लगायतका नेताहरुले यातनाका पराकाष्ठा ब्यहोर्नुपयो । जनयुद्धकै क्रममा विद्यार्थी उपाध्यक्ष बेनोज अधिकारी लगायत पचासौं क्रान्तिकारी नेताहरुको शहादत भयो ।

जनयुद्धको उत्कर्षसँगै बढेको जनआन्दोलनमा विद्यार्थीको भूमिका निकै महत्वको थियो । २०६२÷६३ को दोस्रो जनान्दोलन पछि जसरी माओवादी शक्तिको प्रभाव थियो, लगभग त्यहि हैसियतमा थियो क्रान्तिकारी पनि । जब माओवादी आन्दोलनमा बेथिति बढ्न थाल्यो, स्वार्थ र टकरावहरु, अनावश्यक द्वन्द्वहरुले विभाजनमा समेत पुग्यो, बेथिति र फुटको नमिठो प्रभाव क्रातिन्कारीको जीवनमा पनि प¥यो । पार्टी नेता धनी भएपछि हामी किन दुखि राजनीति गर्ने भन्ने मनोविज्ञानमा देखियो । विद्यार्थी संगठनका नेताहरु संगठन र आफू आत्मनिर्भर बन्ने बनाउने भन्दा चन्दाले चल्ने काम शुरु भएपछि संगठनले लोकप्रियता टिकाउन सकेन । शैक्षिक मुद्धा र वातावरण भन्दा संगठनका लागि संगठनमा बढि जोड देखियो । यसकारणले पनि संगठनको रुपान्तरणकारी भूमिका बढि ओझेलमा पयो ।

अहिलेको विकृत पुँजीवादी शिक्षा प्रणाली अन्त्य गरी रोजगार, उत्पादनमुखि समाजवादी शिक्षा स्थापनामा सक्रिय रहने गरी कार्ययोजना बनाउने, अधिक साधन र स्रोत प्रयोग गरेर धनीका छोराछोरीले पढिरहेको निजी शिक्षा तथा असाध्यै हेलचेक्रयाइंका साथ राज्यले प्रदान गरेको सर्वसाधारणका छोराछोरी पढ्ने बिभेदकारी रवैया अन्त गर्ने, शिक्षालाई देशको भविष्य तथा क्रान्ति र परिवर्तनको साधन बनाउन, समाजवादमैत्री कला, संस्कृति र सभ्यताको उन्नयन गर्ने जस्ता बिषयलाई संगठनले खास जोड दिनु पर्दछ । अहिलेको वर्णशंकर पुँजीवादले कुत्सीत स्वार्थका लागि समग्र शिक्षा प्रणालीलाई घृणित ढंगबाट प्रयोग गरिरहेको छ । शिक्षालाई व्यापारको विषय मात्रै होइन अन्धभक्त दास उत्पादनको लागि प्रयोग गरिएको छ  । नयाँ ज्ञान तथा प्रविधिद्वारा समग्र मानवजातिको विकास तथा उच्च तहको मानव सभ्यता निर्माण गर्न शिक्षालाई प्रयोग गर्न खोजिएको छैन । वर्गीय चेतनाको विकास गर्दै मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषणको अन्त्यमा लगाउने गरी शिक्षा प्रणालीमा परिवर्तन गराउन जरुरी छ ।

अहिले प्रतिदिन चार सय ५० भन्दा बढि विद्यार्थीले सरकारबाट बिदेश पढन जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिने गरेको र खर्बको हाराहारीमा बर्षेनी पैसा बाहिरीएको तितो यथार्थता मनन गरी ब्रेन ड्रेन नियन्त्रण गर्दै जाने बिषयमा राज्य गम्भिर बनाउनु पर्दछ । अबको क्रान्तिकारी समाजवादी शिक्षाका आधार निर्माण गर्न देशव्यापी अन्तरक्रिया, बहस, र जागरण अभियानको योजना बनाउन सक्ने हुनुपर्दछ । निश्चय पनि उठाउनुपर्ने केहि राजनैतिक मुद्दाहरु छन् तर शिक्षालाई सिकाइ र उत्पादनसँग जोडने नीतिगत व्यवस्था र व्यवहारीक पहल शुरु गराउने एजेण्डा प्राथमिकतामा हुनुपर्दछ । समाजवाद भनेको पँजिको न्यायिक बितरण भएकाले पूँजिको न्यायीक बितरणका लागि स्वाधिन पूँजिको जरुरी हुने, स्वाधिन पूँजिका लागि आत्मनिर्भर अर्थतन्त्र हुनुपर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि व्यवसायिक उत्पादन हुनुपर्ने र व्यवशायिक उत्पादनका लागि शिक्षा प्रणालीमा आमुल सुधार हुनुपर्ने कुरा अखिलको मुख्य अभियानका रुपमा आत्मसाथ हुनुपर्दछ ।

तथ्यका आधारमा सत्य अन्वेषण गर्न सक्ने, विचार र व्यवहारबाटै मानिसको आकर्षण थपाउन सक्ने, नगनाएको, विद्यार्थीले औला नठडयाएको, बेथीतिहरुलाई मुक्त गर्ने आँट भएको र शिक्षा क्षेत्रका मुद्धा बिकल्प सहित स्थापित गर्ने र सामाजिक रुपान्तरणमा नायकत्व प्रदान गर्न योग्य आचरण भएको जुझारु नेतृत्व चयन हुन सकोस् । यति भयो भने गौरवशाली परम्परा र विरासत जोगिने मात्र होइन, भूमिका शसक्त हुने निश्चित छ । यो सम्मेलनमा गुट र अनुहार होइन, आन्दोलन र क्षमता विवेकी बन्न सकोस् ।
(तिवारी, नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् । )

वि.सं.२०८१ असोज १० बिहीवार १४:०९ मा प्रकाशित

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...