back

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

वि.सं.२०८१ असोज १० बिहीवार

7.3K 

shares
NTC AD

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) २३ औं राष्ट्रिय सम्मेलनको चरणमा छ । यो पंक्तिकार २०४१ मा अखिलको जिल्ला सदस्य, ०४२ मा सचिव, ०४३ मा पर्वत जिल्ला संयोजक र २०४६ मा सम्पर्क विभागको सचिवसम्म काम गरेर त्यसबाट बिदा लिए पनि भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खडका र देवेन्द्र पराजुलीसम्म आइपुग्दा यसको सहयोगी रहने अवसर मिलीरह्यो । त्यस भावनाका कारण पनि सम्मेलन चलिरहँदा केहि टिप्पणी गरेको छु ।
मैले अखिललाई बुझदा त्रान्तिकारी सचेतकहरु जन्माउने प्रारम्भिक कारखाना मानिएको थियो । खासगरी अखिल एउटा आन्दोलनको पर्याय बनेको थियो । त्यसमाथि क्रान्तिको चिन्ता लिने, तयारी गर्ने र मैदानमा उत्रने राजनैतिक शक्ति नजिक भएकाले अखिलको आवरणमा कतिपय जोखिमयुक्त काम पनि गर्नुपर्ने हुन्थ्यो । जहाँ अखिल हुन्थ्यो, त्यहाँ जनसेवा हुन्थ्यो, त्यहाँ सामाजिक न्यायका लागि छिनाझपटी चल्थ्यो । वास्तवमा अखिल अपिल नै हुने भएकाले ‘जहाँ अखिल त्यहाँ अपिल’ भनिन्थ्यो । संगीन, सुसाई, हँुकार, योद्धा, गर्जन जस्ता विविधता अनुसारका प्रकाशनमा क्रान्तिकारी विचार र सभ्यता सम्पेषण हुने गर्दथे । विचारले मानिसलाई नियन्त्रणमा लिएको हुन्थ्यो । आचरण र आनिबानीलाई संहिताले निर्देशित गर्दथ्यो । अभिभावकले पढाईलाई दिएको खर्चबाटै वा काम गरेर आएको पैसाको निश्चित प्रतिशत मिसाएर संगठन धान्नु पर्दथ्यो ।

खासगरी २०४६ को खुलापछि नेविसंघ र एमाले अखिलमा भित्रिएको चन्दाधन्दाले विद्यार्थी आन्दोलनको छवि धुमिल बनाउने काम भयो । अर्कातिर जनयुद्धको योजनालाई सघाउने गरी अखिल क्रान्तिकारीले वैधानिक र अवैधानिक दुवै जिम्मेवारी बहनमा पुग्यो । फलस्वरुप कृष्णध्वज खड्का, देवेन्द्र पौडेल, रामप्रसाद बन्जाडे सहित यो पंक्तिकार लगायतको पनि २०५४ मै जेलको यात्रा शुरु भयो । पछि लेखनाथ न्यौपाने तथा हिमाल शर्मा, कृष्ण केसी लगायतका नेताहरुले यातनाका पराकाष्ठा ब्यहोर्नुपयो । जनयुद्धकै क्रममा विद्यार्थी उपाध्यक्ष बेनोज अधिकारी लगायत पचासौं क्रान्तिकारी नेताहरुको शहादत भयो ।

जनयुद्धको उत्कर्षसँगै बढेको जनआन्दोलनमा विद्यार्थीको भूमिका निकै महत्वको थियो । २०६२÷६३ को दोस्रो जनान्दोलन पछि जसरी माओवादी शक्तिको प्रभाव थियो, लगभग त्यहि हैसियतमा थियो क्रान्तिकारी पनि । जब माओवादी आन्दोलनमा बेथिति बढ्न थाल्यो, स्वार्थ र टकरावहरु, अनावश्यक द्वन्द्वहरुले विभाजनमा समेत पुग्यो, बेथिति र फुटको नमिठो प्रभाव क्रातिन्कारीको जीवनमा पनि प¥यो । पार्टी नेता धनी भएपछि हामी किन दुखि राजनीति गर्ने भन्ने मनोविज्ञानमा देखियो । विद्यार्थी संगठनका नेताहरु संगठन र आफू आत्मनिर्भर बन्ने बनाउने भन्दा चन्दाले चल्ने काम शुरु भएपछि संगठनले लोकप्रियता टिकाउन सकेन । शैक्षिक मुद्धा र वातावरण भन्दा संगठनका लागि संगठनमा बढि जोड देखियो । यसकारणले पनि संगठनको रुपान्तरणकारी भूमिका बढि ओझेलमा पयो ।

अहिलेको विकृत पुँजीवादी शिक्षा प्रणाली अन्त्य गरी रोजगार, उत्पादनमुखि समाजवादी शिक्षा स्थापनामा सक्रिय रहने गरी कार्ययोजना बनाउने, अधिक साधन र स्रोत प्रयोग गरेर धनीका छोराछोरीले पढिरहेको निजी शिक्षा तथा असाध्यै हेलचेक्रयाइंका साथ राज्यले प्रदान गरेको सर्वसाधारणका छोराछोरी पढ्ने बिभेदकारी रवैया अन्त गर्ने, शिक्षालाई देशको भविष्य तथा क्रान्ति र परिवर्तनको साधन बनाउन, समाजवादमैत्री कला, संस्कृति र सभ्यताको उन्नयन गर्ने जस्ता बिषयलाई संगठनले खास जोड दिनु पर्दछ । अहिलेको वर्णशंकर पुँजीवादले कुत्सीत स्वार्थका लागि समग्र शिक्षा प्रणालीलाई घृणित ढंगबाट प्रयोग गरिरहेको छ । शिक्षालाई व्यापारको विषय मात्रै होइन अन्धभक्त दास उत्पादनको लागि प्रयोग गरिएको छ  । नयाँ ज्ञान तथा प्रविधिद्वारा समग्र मानवजातिको विकास तथा उच्च तहको मानव सभ्यता निर्माण गर्न शिक्षालाई प्रयोग गर्न खोजिएको छैन । वर्गीय चेतनाको विकास गर्दै मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषणको अन्त्यमा लगाउने गरी शिक्षा प्रणालीमा परिवर्तन गराउन जरुरी छ ।

अहिले प्रतिदिन चार सय ५० भन्दा बढि विद्यार्थीले सरकारबाट बिदेश पढन जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिने गरेको र खर्बको हाराहारीमा बर्षेनी पैसा बाहिरीएको तितो यथार्थता मनन गरी ब्रेन ड्रेन नियन्त्रण गर्दै जाने बिषयमा राज्य गम्भिर बनाउनु पर्दछ । अबको क्रान्तिकारी समाजवादी शिक्षाका आधार निर्माण गर्न देशव्यापी अन्तरक्रिया, बहस, र जागरण अभियानको योजना बनाउन सक्ने हुनुपर्दछ । निश्चय पनि उठाउनुपर्ने केहि राजनैतिक मुद्दाहरु छन् तर शिक्षालाई सिकाइ र उत्पादनसँग जोडने नीतिगत व्यवस्था र व्यवहारीक पहल शुरु गराउने एजेण्डा प्राथमिकतामा हुनुपर्दछ । समाजवाद भनेको पँजिको न्यायिक बितरण भएकाले पूँजिको न्यायीक बितरणका लागि स्वाधिन पूँजिको जरुरी हुने, स्वाधिन पूँजिका लागि आत्मनिर्भर अर्थतन्त्र हुनुपर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि व्यवसायिक उत्पादन हुनुपर्ने र व्यवशायिक उत्पादनका लागि शिक्षा प्रणालीमा आमुल सुधार हुनुपर्ने कुरा अखिलको मुख्य अभियानका रुपमा आत्मसाथ हुनुपर्दछ ।

तथ्यका आधारमा सत्य अन्वेषण गर्न सक्ने, विचार र व्यवहारबाटै मानिसको आकर्षण थपाउन सक्ने, नगनाएको, विद्यार्थीले औला नठडयाएको, बेथीतिहरुलाई मुक्त गर्ने आँट भएको र शिक्षा क्षेत्रका मुद्धा बिकल्प सहित स्थापित गर्ने र सामाजिक रुपान्तरणमा नायकत्व प्रदान गर्न योग्य आचरण भएको जुझारु नेतृत्व चयन हुन सकोस् । यति भयो भने गौरवशाली परम्परा र विरासत जोगिने मात्र होइन, भूमिका शसक्त हुने निश्चित छ । यो सम्मेलनमा गुट र अनुहार होइन, आन्दोलन र क्षमता विवेकी बन्न सकोस् ।
(तिवारी, नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् । )

वि.सं.२०८१ असोज १० बिहीवार १४:०९ मा प्रकाशित

ADBL AD
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...

त्यो पहिलो महिनावारी…

त्यो पहिलो महिनावारी…

काठमाडौँ । “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।”...