back
CTIZAN AD

जिओमेटले एक हजार रात्री बसलाई निःशुल्क जीपीएस उपकरण दिने

वि.सं.२०८१ असोज १० बिहीवार

1.1K 

shares

काठमाडौँ । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत’फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए ।

“विशेषगरी दशैंजस्तो चाडपर्वमा जब लाखौँ नेपालीहरू लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन्, बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,“ जियोमेटका संस्थापकले गैरेले भने, “हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्याउनेछ। यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ । यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास लिएका छौ ।“

जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ। यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ, जसले बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ । यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ, जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउँछ । साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थिति हेर्न सक्छन् ।

वि.सं.२०८१ असोज १० बिहीवार १४:१२ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...