back
CTIZAN AD

बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

वि.सं.२०८१ असोज १३ आइतवार

651 

shares

तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ ।

पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए । “हालसम्म २० वटा विद्युत्का खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ”, उनले भने, “अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ ।”

भानु–४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छभने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युत्का खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवा, कमलबारीमा र व्यास–१ कराङकाठस्थित दमौली बसपार्क नजिकै रहेको बुल्दी खोला छेउमा तीन खम्बा ढालेर क्षति बनाएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको केन्द्रका इञ्जिनियर रेग्मीले जानकारी दिए ।

“विद्युत् लाइन अवरुद्ध नभएका, भिरालो जमिन चर्किएर पहिरो खस्ने अवस्थामा रहेका र खम्बा ढल्किएका धेरै छन”, उनले भने, “पहिलो प्राथामिकता विद्युत् अवरोध भएका स्थानलाई दिएर काम गरिरहेका छौँ ।”

बन्दीपुर–६ को समस्तीपुर र मास्दीघाट क्षेत्रका अधिकांश स्थानमा विद्युत्का खम्बा ढलेका इञ्जिनियर रेग्मीले बताए । सो क्षेत्रमा मर्मत कार्य बाँकी छ । बन्दीपुर–६ साराङको सबस्टेशनको खम्बा ढलेर क्षति हुँदा करिब तीन हजार बासिन्दा प्रभावित भएका छन् ।

उक्त सबस्टेशनबाट जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाका केही वडाका बासिन्दाले विद्युत् प्रयोग गर्दै आएका छन् । लमजुङको सोती बजार ‘फिडर’ र थर्पु बजार क्षेत्रमा भने क्षति कम भएको जानकारी प्राप्त भएको तनहुँ वितरण केन्द्रले जनाएको छ ।

 

वि.सं.२०८१ असोज १३ आइतवार १५:२५ मा प्रकाशित

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...