back
CTIZAN AD

सेवा निवृत्त राससकर्मी विश्वकर्माको बिदाई

वि.सं.२०८१ असोज १५ मंगलवार

585 

shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत बलबहादुर विश्वकर्मा सेवा निवृत्त भएका छन् । राससको झापास्थित भद्रपुर कार्यालयमा कार्यालय सहयोगी पाँचौँ तहमा कार्यरत विश्वकर्मा उमेरहदका कारण सेवा निवृत्त भएका हुन् ।

सेवा निवृत्त विश्वकर्माको बिदाई गर्दै राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तोकिएको जिम्मेवारी सदैव सक्रिय एवं इमान्दारीपूर्वक पूरा गरी अवकास भएकोमा धन्यवाद ज्ञापन गर्दै अवकाशपछिको जीवन सुखद रहोस् भनी प्रगतिको कामना गरे ।

उनको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष एवं रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाँइले राससको श्रीवृद्धिमा विश्वकर्माको सक्रिय योगदानको प्रसंशा गरिन् । रासस कर्मचारी युनियनका कोषाध्यक्ष मुना भण्डारीले अवकाशपछिको दीर्घ जीवनको कामना गरिन् । रासस कर्मचारी सङ्गठनका कार्यसमिति सदस्य सशीधर अधिकारीले विश्वकर्माको सक्रियताले राससको सेवामा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।

अवकास लिएका विश्वकर्माले राससले आफ्नो योगदानको कदर गरेको र यो जीवनकै महत्वपूर्ण क्षण भएको बताउँदै अवकाशपछि पनि राससलाई आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताए । उनको बिदाई कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमाललगायतको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ असोज १५ मंगलवार १६:४७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...