back
CTIZAN AD

गहवामाईमा दशनार्थीको घुइँचो

वि.सं.२०८१ असोज १७ बिहीवार

771 

shares

वीरगञ्ज (पर्सा) । नवरात्रको पहिलो दिन घटस्थापना वीरगञ्जको प्रख्यात मन्दिर गहवामाई भगवतीको मन्दिरसहितका धार्मिकस्थलमा परम्परा अनुसार मनाइएको छ । नवरात्रको पहिलो दिन आज वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख र समृद्धि प्राप्त गर्ने भएकाले पनि भक्तजन दर्शन गर्न आउने बताउँछन् ।

‘‘गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको पूजापाठ गर्दै आइरहनुभएको छ,’’ उनले भने, ‘‘घटस्थापनाको मुख्य पूजा भने बिहान ९ बजेर १६ मिनेटमा गरियो ।’’ मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताए । ‘‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ छिमेकीमूलुक भारतको विहारलगायतका राज्यका दशनार्थीको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित छ,’’ उनले भने,‘‘विशेष गरेर यो मन्दिरमा भाकल तथा पूजापाठ गरेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसको कारणले भक्तजनको घुइँचो लाग्नेगर्छ ।’’

गहवामाई भगवतीको मन्दिरमा अष्टमीको दिन बलि पनि चढाउने गरिन्छ । यहाँ करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान गरिएको छ । माइस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष गुप्ताले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार नै घटस्थापनाको पूजापाठ गरिएको जानकारी दिए ।

‘‘नवरात्रको अवसरमा त गहवामाई मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ,’’ उनले भने,‘‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयसेवक खटाएर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छाँंै ।’’ नवरात्रको अवसरमा वीरगञ्जको चोक तथा गल्लीहरुमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघरचोक, रानीघाट, छपकैया, नगवा लगायतका स्थानको खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिन्छ । घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पूरोहित दिनबन्धु शुक्लाले टोल–टोलमा नवदुर्गाको मूर्ति राखेर पूजापाठ गर्दै आइरहेको बताए ।

‘‘नवरात्रको अवसरमा बिहीबार नवदुर्गाको कलशयात्रा पनि गर्न लागेका छौँ,’’ उनले भने । घण्टाघरबाट घडासहितको कलशयात्रा सुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरेर घण्टाघरचोक नजिकै रहेको दुर्गा माताको मूर्ति राखेको ठाउँमा आएर पूजाअर्चना गरिनेछ । वीरगञ्जको घण्टाघरचोकदेखि माईस्थानचोकसम्म सडकमा नै जलेवी बनाएर बिक्री वितरण गरिरहेका दृश्य पनि देखिन्छन् । त्यति मात्रै होइन, यी सडक खण्डमा नवदुर्गाका पूजा सामग्री र प्रसाद बिक्री गर्नेको पनि भीड लागेको छ । रासस

 

वि.सं.२०८१ असोज १७ बिहीवार १४:२४ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...