back
CTIZAN AD

बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

वि.सं.२०८१ असोज १७ बिहीवार

651 

shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ ।

यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण सङ्कलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थालगत अनुगमनमा निस्किएको हो ।

बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताए । “नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिराले ठूलो क्षति गरेको छ”, उनले भने, “बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण सङ्कलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।”

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिए ।

दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उहाँले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिए ।

उनका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताए ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

वि.सं.२०८१ असोज १७ बिहीवार १४:३० मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...