back
CTIZAN AD

बाढीले पुल बगाएपछि दैनिक आवतजावतमा समस्या

वि.सं.२०८१ असोज २० आइतवार

957 

shares

गोरखा । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका-४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो ।

“ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुङे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पु¥याएको छ”, सहिदलखन-४ का वडाध्यक्ष यामबहादुर थापाले भने, “क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ ।” उनले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताए ।

“ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन”, वडाध्यक्ष थापाले भने, “दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्कोबाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवजावत गरिरहेका छन् ।”

झोलुङ्गे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दाबढी घरपरिवार समस्यामा परेको छन् । “हावाहुरी आइहाल्यो भने त लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ”, उनले भने, “विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पु¥याउन कठिनाइ हुँदै आएको छ ।” रासस

वि.सं.२०८१ असोज २० आइतवार १४:३७ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...