back
CTIZAN AD

तलब भत्ता नपाएपछि ऋण लिएर चाडपर्व मनाउन बाध्य

वि.सं.२०८१ असोज २१ सोमवार

831 

shares

बरहथवा (सर्लाही) । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि यहाँका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निरास छन् ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बताएका थिए । सोही भत्ता रकमले छ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उनी निराश छिन् । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काधँमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उनले भनिन्, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला साचेको अब नसकिने भो ।”

जिल्लाको गोडैता नगरपालिका–१, पिपरियाका महेन्द्र कुशवाहा पनि भत्ता नआएपछि छटपटीमा छन् । दमको दीर्घरोगी उहाँलाई चाडबाडसँगै औषधिमूलो किन्नसमेत समस्या भएको छ । “भत्ताकै पैसाले औषधि किनेर खाने गरेको छ । आयआर्जनको अर्को उपाय छैन । नातिनातिना दसैँ आयो भन्दै आउँछन् । मिठाई किनेर दिनेसमेत क्षमता छैन”, उनले गुनासो गरे ।

उनीजस्तै समस्या छ नगरमा काम गर्ने कर्मचारीहरूको पनि । कविलसी नगरपालिका–२, स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले विभिन्न कारणले पालिकाको खाता सञ्चालन हुन नसक्दा तलबभत्तासमेत नपाएको दुःखेसो पोखे । चाडबाडको समयमा तलब नपाउँदा शिक्षकशिक्षिकालाई घरजानसमेत समस्या भएको उनले बताए । “दसैँ जस्तो चाडबाडको समय छ । घर जाँदा छोराछोरीले मीठोमसिनो, लत्ताकपडा माग्छन्, आफूले पारिश्रमिक पाएको छैन । कसरी घर जाने !”, उनले भने ।

यस पालिकाकामा आन्तरिक विवादका कारण हालसम्म नगरसभाबाट बजेट पारित हुनेसकेको छैन । त्यसैकारण आर्थिक कारोबार ठप्प छ ।

यस्तै, बसवरिया गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब जयलाल सहनीले तलबभत्ता नपाउँदा ऋण काडेर चाडबाड मनाउन बाध्य भएको बताए । “बच्चाबच्चीले तलब आएको छैन भनेर मान्दैन्न, दसैँको समय छ । सबैले लगाएको खाएको देख्छन् । घरमा आएर झगडा गर्छन् । काम गरेको कार्यालयले तलब दिनसकेको छैन”, उनले गुनासो गरे ।

माथि उल्लिखित सबै प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका सातवटा पालिकाले समयमै परिषद् गरेर खाता सञ्चालन नगर्दा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राही, सयौँ कर्मचारी तथा पालिकाको विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था, कार्यालय तथा कम्पनीहरु प्रभावित बनेका छन् । समग्रमा आठ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही, करिब चार सय ५० कर्मचारीले यस्तो समस्या भोगेका छन् । २० पालिका रहेको सर्लाहीमा हालसम्म ईश्वरपुर, गोडैता र कविलासी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले परिषद् सम्पन्न गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको नियमानुसार आवश्यक प्रक्रिया नपु¥याएकाले यी पालिकाहरूको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले जानकारी दिए ।

अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले परिषद् सम्पन्न गरी पहिलो चौमासिक रकम निकासा गरेर नियमित तलबभत्ता वितरण गरिरहेका उनले बताएका छन् ।

वि.सं.२०८१ असोज २१ सोमवार १७:२६ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...