back

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

वि.सं.२०८१ असोज २८ सोमवार

576 

shares

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

वि.सं.२०८१ असोज २८ सोमवार १५:१६ मा प्रकाशित

GLOBAL IME AD
विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै...

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर...

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको...

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज (सप्तरी) । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला,...