back

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८१ असोज २९ मंगलवार

372 

shares

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

वि.सं.२०८१ असोज २९ मंगलवार ०७:५३ मा प्रकाशित

GLOBAL IME AD
विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै...

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर...

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको...

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज (सप्तरी) । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला,...