back
CTIZAN AD

प्रधानमन्त्रीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी

वि.सं.२०८१ कात्तिक १ बिहीवार

945 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीविरुद्ध विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले आज बिहान अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

भ्रष्टाचार निवारण ऐन ऐन २०५९ विपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्नसमेत बिवादास्पद व्यापारी गुरुङलाई जिम्मा दिएकोले हदैसम्मको कारबाही गर्नुपर्ने माग उजुरीमा गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको उजुरीमा उल्लेख छ ।

देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको भन्दै उनले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने ।’

भाटभटेनी सुपर मार्केटका मालिक गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माण गर्न कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ । उक्त विषय विवादमा परेसँगै एमालेले विभिन्न सञ्जालहरूमा भइरहेको टिप्पणी खेदजनक भएको बताउँदै गुरुङसँग कुनै किसिमको साँठगाँठ र लेनादेना नरहेको प्रस्टीकरण लिएको छ ।

 

वि.सं.२०८१ कात्तिक १ बिहीवार १६:५९ मा प्रकाशित

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...