back
CTIZAN AD

विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

वि.सं.२०८१ कात्तिक ७ बुधवार

468 

shares

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्नेे भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ ।

समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । विपद्बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा–जमिन वा पसल–व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्म सदस्य भएको परिवार भए रु १५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई रु २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । यसअघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ ।

जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० स्थानीय तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । रासस

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०७:५९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...