back
CTIZAN AD

खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

909 

shares

पेशावर, पाकिस्तान । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

“आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताए ।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतङ्ककारीहरूले भारी आक्रमण गरेका थिए ।

आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतङ्कवादमा वृद्धि देखेको भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

खैबर जिल्लाको अफगान सीमा नजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एक जना प्रहरी मारिएका छन् ।

ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसाथ गरेको छ ।
एएफपी

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १२:३६ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...