काठमाडौं । आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो बिहिबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहिबार चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १२:५९ मा प्रकाशित




























