back
CTIZAN AD

माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार

726 

shares

खोटाङ । खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् ।यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पु¥याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् ।

अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान सुरु गरिएकोे बताए ।

“दसैँमा चार दिन अभियान सञ्चालन ग¥यौँ । उसबेला ७० जनाभन्दा बढीले सेवा पाएका थिए । ‘दसैँ, तिहार चेलीलाई उपहार’ नाम दिएर सुरु गरिएको अभियानमा दश जना युवा जेडिएका छौँ । अझै जोडिने क्रम जारी छ”, उनले भने, “नेपालीहरुको दोस्रो ठूलो तथा महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशुल्क मोटरसाइकलमा पु¥याइदिने गरेका छौँ । माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण माइती घर जान नसक्ने अवस्था भएमा हामीलाई सम्पर्क गर्नुहोला !”

मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिन सकिने युवा समूहले जनाएको छ । कात्तिक–१६ गते अर्थात् भोलि (शुक्रबार) चेलीहरुलाई माइती घरसम्म पु¥याउने र १९ गते पुनः घरसम्म ल्याइदिने योजना बनाइएको संयोजक राईले बताए ।

सरकारी सेवासुविधा लिइरहेकाहरुलाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका सेवा उपलब्ध नहुने समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिए । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवम् कराँते खेलाडी राईको संयोजकत्वमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा सहभागी छन् ।

आफूहरुले कुनै स्वार्थ नराखी मानवीय सेवाभावले अभियान सञ्चालन गरेको युवा समूहले जनाएको छ । दश युवाले सुरु गरेको अभियानलाई जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रशंसा गरिरहेका छन् ।

अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दित्तेल रत्नपार्कस्थित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताए । यस्तै, महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा सङ्घ संस्थाले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १४:२८ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...