back
CTIZAN AD

प्रशासनमै थन्किए चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र

वि.सं.२०८१ कात्तिक १८ आइतवार

1.1K 

shares

तनहुँ । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ ।

कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।

चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष दुई हजार १७, महिला एक हजार ३३६, नाबालक ४९ गरी तीन हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला सात सय ८५, पुरुष सात सय ५१ गरी एक हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै एक हजार १२३ महिला र एक हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने दुई जनाले मात्र नागरिकता लिएका छन् ।

यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित दुई सय ७, दलित प्रमाणित एक सय ५१, विपन्न खसआर्य १५ र मुस्लिम नौ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ दुई सय १३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण पाँच र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस दुई जनाले लिएका कार्यालयको तथ्याङ्क छ । रासस

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०६:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...