बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय वागलुङले जनाएको छ ।
दुर्घटनामा मुत्यु भएका चालकसहित पाँच जनाको पहिचान नखुलेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । भ्यान सडकबाट करिब चार सय मिटर तल खसेको छ ।
वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३० मा प्रकाशित






























