back
CTIZAN AD

उद्योगीको काटिएको लाइन जडान गरिँदै, कुलमान असन्तुष्ट

वि.सं.२०८१ कात्तिक २६ सोमवार

702 

shares

काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायीबीच लामो समयदेखि विवाद रहेको ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’सम्बन्धी विवाद समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेर प्रतिवेदन बुझाएको थियो ।
एक मन्त्रीका अनुसार उक्त प्रतिवेदन सार्वजनिक गरेर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई कार्यन्व्यनका लागि पठाउने निर्णय सरकारले गरेको छ । बैठकले उद्योगीको काटिएको लाइन सोमबार १२ बजेभित्र जडान गर्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

सरकारको उक्त निर्णयप्रति नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने असन्तुष्ट देखिका छन् । उनले डेडिकेटेड र ट्रंकलाइन विवादका सम्बन्धमा मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूकहाँ आइनसकेको बताएका छन् ।

उनले सञ्चारमाध्यम मात्र सुनेको भन्दै निर्णय लिखित रुपमा मन्त्रालयमा आएपछि त्यसबारेमा छलफल गर्ने बताए । कार्यकारी निर्देशक घिसिङले बक्यौता नतिर्ने उद्योगहरुको लाइन प्राधिकरणले कानुन बमोजिम काटेको उल्लेख गर्दै छलफल नभईकन यसै भन्न नसकिने बताए ।

उनले भने, ‘पैसा नतिरेपछि हामीले कानुनअनुसार निर्णय गरेका र्हौँ । काटिएपछि जोड्नलाई पनि त्यहाँ प्रक्रिया छ । क्याबिनेटले निर्णय गरेपछि यसबारे छलफल पक्कै होला ।’

वि.सं.२०८१ कात्तिक २६ सोमवार ११:५२ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...