back
CTIZAN AD

छोराको रहस्यमय मृत्युपछि आमाको हृदयाघात

वि.सं.२०८१ कात्तिक २८ बुधवार

807 

shares

महोत्तरी । महोत्तरीमा वडाध्यक्ष छोराको रहस्यमय मृत्युपछि शोकमा रहेकी आमालाई हृदयाघात भएको छ ।रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको मृत्युको शोकमा रहेकी आमा समुद्रीदेवी यादवको गएराति हृदयाघातको कारण मृत्यु भएको हो ।

३५ वर्षीय यादवको गएको भदौ ९ गते बिहान शंकास्पद अवस्थामा शव फेला परेको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरु पुर्पक्षको लागि हाल जलेश्वरस्थित जिल्ला कारागारमा थुनामाा छन् ।

मुकेशको मृत्युपछि रामगोपालपुर–२ मा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रले मुकेशकी पत्नी आइतीकुमारी यादवलाई मंगलबार दिउँसो मात्रै उम्मेदवार घोषणा गरेको थियो । बुहारी उम्मेदवार घोषित भएकै राति सासुको हृदयघातबाट मृत्यु भएको हो ।

मंगलबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतीकुमारीलाई वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो । गएको भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका-८ को सडक छेउमा मोटरसाइकलसँगै वडाध्यक्ष यादवको शव फेला परेको थियो ।

माओवादी केन्द्रले उनको हत्या भएको दाबी गर्दै प्रहरीलाई अनुसन्धानको लागि विभिन्न ढंगले दवाव दिँदै आएको थियो । घटनाको लामो अनुसन्धानपछि प्रहरीले महोत्तरीकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

वि.सं.२०८१ कात्तिक २८ बुधवार १३:२८ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...