back
CTIZAN AD

कारको ठक्करबाट एकको मृत्यु, झाँक्री प्रकाश भुजेल पक्राउ

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

1.1K 

shares

काठमाडौँ । झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।बुधवार दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साखु–थली सडक खण्डमा उनले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका थिए ।

कारको ठक्करबाट काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती अन्दाजी ३२ वर्षीय किसानुमाया नगरकोटी गम्भीर घाइते छिन् । थलिबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइतेहरूलाई तत्काल नारायणटार स्थित शंखरापुर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि दुवै जनालाई ग्रान्डी अस्पताल पुर्याइएकोे थियो ।

दुर्घटनापछि झाँक्री भुजेल घटनास्थलमै कार छाडेर फरार थिए । उनलाई पक्राउ गरिसकेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:१२ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...