back
CTIZAN AD

ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

465 

shares

ब्रासिलिया, ब्राजिल । ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो ।

ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो । उनले भने, “अदालत नजिकैको नजिकैको कारमा विस्फोट भएको र केही सेकेन्डपछि उक्त व्यक्ति बाहिर निस्केको देखिएको बताएका छन् ।

“आक्रमणकारी कारमा बसेर सङ्घीय सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट भएको थियो,” लेओले भने ।

“आक्रमणबाट ‘अन्य कसैलाई पनि चोट पटक लागेको छैन,”उनले भने ।

उनले भने, “मृतकलाई विस्फोटक उपकरणसहित रहेको अवस्थामा घटनास्थलबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।”

सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको अनुसन्धानका लागि प्रहरी अनुसन्धान सुरु गरिनेछ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकिएको बताएका छन् ।

राष्ट्रपति सी बुधबार ब्राजिलियाको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै बुधबारको सत्रको अन्त्यमा दुईवटा विष्फोट भएको र न्यायाधीशहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

अदालत प्राका डोस ट्रेस पोडेरेसमा अवस्थित छ, जुन राष्ट्रपति भवन र कंग्रेसको पनि अगाडि रहेको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा विस्फोटको समयमा राष्ट्रपति कार्यालयमा नभएको बताइएको छ ।

ब्राजिलका सोलिसिटर जनरल जर्ज मेसियासले आक्रमणको निन्दा गरेका छन् ।

उनले एक्समा लेखेका छन् , “हामीले आक्रमणको पछाडिको प्रेरणालाई बुझ्न आवश्यक छ, साथै जतिसक्दो चाँडो शान्ति र सुरक्षा पुनः स्थापना गर्न आवश्यक छ।”

राष्ट्रपति भवन सिल गरिएको छ र प्लाजाको वरिपरि ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ ।

बोल्सोनारोका सल्लाहकार फाबियो वाजनगार्टनले यस घटनालाई लिएर सामान्यीकरण नगर्न चेतावनी दिएका छन् । (रासस/एएफपी)

 

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १७:०४ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...