back

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

174 

shares

तेहरान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही हप्ताअघि तेहरानमा आणविक वार्ता सुरु गरेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले बिहीबार इरानका उच्च कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन् ।

सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालको दौडान ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीतिको अख्तियारी गरेका थिए । उक्त कदमले सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताअन्तर्गत हटाइएका अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागू गरेको थियो ।

बुधबार राति तेहरान आइपुगेका ग्रोसीले देशका शीर्ष आणविक तथा राजनीतिक अधिकारीहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको इरानको सरकारी समाचार संस्था ( इरना) ले जनाएको छ ।

ग्रोसीले सन् २०१५ को सम्झौतामा इरानका प्रमुख वार्ताकार तथा वर्तमान् विदेशमन्त्री अब्बास अरागचीसँगको भेटलाई ‘अपरिहार्य’ भनेका छन् ।

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीसँग पनि भेट गरेको तस्नीम समाचार संस्थाले जनाएको छ ।

यसपछि आईएईए प्रमुखले राष्ट्रपति मसूद पेजेस्कियानसँग यस वर्षको सुरुमा निर्वाचित भएपछि पहिलो वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ ।

तेहरानका लागि ग्रोसीको यो भ्रमण यो वर्ष दोस्रो हो तर ट्रम्प पुनः निर्वाचित भएपछिको पहिलो हो ।(रासस/एएफपी)

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १७:११ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...