back
CTIZAN AD

बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा

वि.सं.२०८१ मंसिर ३ सोमवार

630 

shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना छनौट भएका छन् ।

वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । रु. पाँच लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।

पूर्वाधार आयोजनाहरुका लागि रु. १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु. ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

बेनी–अर्थुङ्गे तोरीपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुङ्गे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थङ्गे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी र बेनी–अर्थुङ्गे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।

न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेरा आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । रु. पाँच करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु. ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ ।

वि.सं.२०८१ मंसिर ३ सोमवार १६:१५ मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...