back
CTIZAN AD

पूथामा माओवादी निर्वाचित हुँदा एमाले नेताको चर्चा

वि.सं.२०८१ मंसिर ५ बुधवार

921 

shares

काठमाडौँ । रुकुपूर्वको पूथा गाउँपालिका-२ को रिक्त वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता जीवन रोकाको यतिबेला सर्वत्र चर्चा चुलिएको छ । माओवादीका उम्मेदवार जगतबहादुर घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनको चर्चा चुलिएको हो ।

सङ्घीय सांसद पूर्ण घर्तीका अनुसार रोकाले उम्मेदवारी फिर्ता लिएपछि जगतबहादुर निर्विरोध वडा अध्यक्षमा निर्वाचित भएका थिए । जगबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै स्व स्फूर्त रूपमा रोकाले उम्मेदवारी फिर्ता लिएको जर्तिले बताए । ‘जगत् समाजका लागि चाहिने र राम्रो मान्छु हुनुहुन्छ । उहाँलाई वडामा ल्याउँदा गाउँ समाजका लागि राम्रो हुन्छ भनेर रोकाले उम्मेदवारी फिर्ता लिनुभएको हो’, पूर्व सांसद घर्तीले भने, ‘कुनै राजनीतिक कारण अथवा दाबी विरोधका कारण उम्मेदवारी फिर्ता लिनुभएको होइन ।’

२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालिले २३४ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

राजी खुसीले उम्मेदवारी फिर्ता लिएको हो  : जीवन रोका

यता एमाले नेता जीवन रोकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो राजी खुसीले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तहको उप निर्वाचनमा पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को रिक्त वडा अध्यक्ष पदको उम्मेदवारमा हाम्रो पार्टी नेकपा एमाले जिल्ला कमिटी रुकुम पूर्वको निर्णय अनुसार मलाई टिकट दिएर उम्मेदवार बन्ने अवसर दिएकोमा मेरो पार्टीलाई आभार सहित धन्यवाद दिन चाहन्छु ।’

‘पुथा उत्तरगङ्गा गाउँपालिका २ नं. वडा हिमाली जिल्ला रुकुम पूर्वको अति विकट र दुर्गम क्षेत्रमा अवस्थित वडा यस वडाको विकास, समृद्धि र सामाजिक रूपान्तरणको काम हामी सबै मिलेर मात्र सम्भव छ भन्ने ध्येयका साथ नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष पदका उम्मेदवार जगत घर्ती (काजू) पुरानो तथा स्थापित नेता, हामी सबैको अभिभावक हुनुहुन्छ ।’ विज्ञप्तिमा थपिएको छ ।

उनले त्यहाँको वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न आफ्नो राजनीतिक सामाजिक र नैतिक दृष्टिले उपयुक्त नहुने विज्ञप्ति मार्फत बताएका छन् ।

रोकाले जगतबहादुर घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीका नेता, कार्यकर्ताले उनको प्रसंसा गरेका छन् । माओवादीका नेताहरूले देशको समृद्धि र विकासका लागि रोका जस्तै त्यागी र उत्कृष्ट विचार भएका नेता आवश्यक पर्ने बताएका छन् । उनीहरूले रोकाबाट एमालेको उच्च नेतृत्वमा रहने नेताहरूले समेत पाठ सिक्न आवश्यक रहेको बताए ।

 

 

वि.सं.२०८१ मंसिर ५ बुधवार १५:०० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...